लुम्बिनीमा जसपा सरकारबाट बाहिरियो

काठमाडौं । जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ। कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले गठबन्धन बनेको बेला गरिएका सहमति ठूला दलले पालना नगरेको भन्दै मन्त्री पदबाट राजीनामा दिँदै सरकारबाट बाहिरिएका छन्।

पहिलेको सहमतिमा जसपाबाट दुई मन्त्रालय पाउने लिखित सहमति गरेपनि अन्तिममा आएर एउटा मात्रै मन्त्रालय भाग परेपछि जसपा असन्तुष्ट थियो। गत चैत २२ गते चार राजनीतिक दलबिच भएको सहमतिअनुसार शहरी विकास तथा पर्यटन मन्त्रालय र कृषि तथा भूमि व्यवस्था मन्त्रालय जसपालाई दिने उल्लेख थियो।
तर,सरकार विस्तार हुँदा जसपाबाट भण्डारीलाल अहिरलाई मात्रै मन्त्री बनाएपछि जसपा क्रुद्ध बनेको हो । लुम्बिनी प्रदेशमा पाँच राजनीतिक दल र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेशसभा सदस्यको समर्थनमा सरकार बनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर