आज सुनको भाउ स्थिर, चाँदी केही महँगो

काठमाडौं । आज आइतबार सुनको मूल्यमा कुनै घटबढ भएको छैन । आज पनि शुक्रबारकै मूल्यमा छापावाला सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य पनि स्थिर रहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ७ सय २० रुपैयाँमा कारोबार बह्येकोमा आज प्रति तोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर