म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश

काठमाडौं । म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । साविक विजेता सिटीले चेल्सी माथि १–० को जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । गएराति भएको खेलमा बर्नार्डो सिल्भाले ८४औं मिनेटमा गरेको गोल नै सिटीका लागि निर्णायक बन्यो । सिटीले आज हुने म्यानचेस्टर युनाइटेड र कोभेन्ट्री सिटीबीचको विजेतासँग फाइनल खेल्नेछ । गत संस्करणको फाइनलमा सिटीले युनाइटेडलाई २ १ ले हराउँदै उपाधि जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर