सहकारीमा ठगी गर्नेलाई नछाड्न गगन थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी गर्नेलाई जनताले छुट दिन नहुने बताएका छन् । इलाम– २ को उपनिर्वाचनका क्रममा इलाम सदरमुकाममा आयोजित चुनावी सभामा थापाले सहकारी मात्र नभएर कुनै पनि ढङ्गबाट राज्यको सम्पत्ति दुरुपयोग गर्ने कसैलाई पनि छुट दिन नहुने बताए ।

उनले अहिले देशमा चलिरहेको सहकारी ठगी र त्यसमा संलग्न व्यक्तिहरुमाथि छनविन र कारवाही हुन नसकेको भन्दै त्यसप्रति जनता चनाखो हुने बेला आएको उल्लेख गरे । देश अहिले भष्टाचारको चंगुलमा फसेको भन्दै थापाले जुनसुकै दल, नेता अथवा राज्यको कुनै पनि पदमा बसेको व्यक्ति किन नहोस सबैको २०४० साल यताको सम्पत्ति छानविन गर्नुपर्ने माग नेपाली कांग्रेसले अघि सारेको बताए ।

‘‘हामीले संसदीय छानविन समितिको माग गरेका छौं, त्यसमा कांग्रेसमात्र बस्छ भन्ने होइन, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका सबै दलका प्रतिनिधि रहने हो’’ थापाले भने, ‘‘यदि राज्यको सम्पत्ति दुरुपयोग गरिएको छैन भने किन दलहरु डराउने ?’’

इलाम– २ को उपनिर्वाचनका सन्दर्भमा महामन्त्री थापाले उम्मेदवार डम्बरबहादुर खड्कालाई भोट माग्दै इलामको विकासका लागि कांग्रेसको जित आवश्यक रहेको पनि बताए । ‘‘केचना कञ्नजंघा फास्ट ट्रयाक सुरु भयो, सरकारले पैसा दिएन र काम रोकियो, नार्कले चिया र अलैंचीको अनुसन्धानका लागि सांखेजुङमा जग्गा खरिद ग¥यो काम सुस्त भयो, अहिले भारतले नेपाली चिया नाकामा रोकिदियो,’’ थापाले भने, ‘‘कम्तिमा कांग्रेसको प्रतिनिधि प्रतिनिधिसभामा गएर यी सवाल उठाउँछ । तपाईंहरुले भोट दिनुहोस । इलाममा मेडिकल कलेज स्थापना हुनेछ ।’’ पहिचानका नाममा गलत किसिमको जातीय राजनीति बढेको बताउँदै थापाले कांग्रेस सबै जातजाति मिल्न सक्ने किसिमको पहिचानको मुद्दामा अगाडि रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर