तामाकोशीमा पौडी खेल्ने क्रममा दुई जना बेपत्ता

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई पुरुष तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा गौरीशंकर गाउँपालिका-८ खारेका अन्दाजी २५ वर्षीय सिमबहादुर तामाङ र सोही स्थानका २७ वर्षीय जयबहादुर तामाङ बेपत्ता भएका हुन् ।

मलामी गएर शुक्रबार दिउँसो घर फर्किने क्रममा तामाकोशी नदीमा नुहाउन भनी हिँडेका दुई जना बेपत्ता भएको र अझै फेला पार्न नसकिएको परिवारले बताएका छन् । बेपत्ता भएकाहरुको स्थानीयले खोजी कार्य जारी राखेका छन् । बेपत्ताको खोजीका लागि प्रहरी पनि घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर