कोशीका मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रस्ताव पारित

काठमाडौं । कोशी प्रदेशसभामा एमाले र माओवादी केन्द्रले प्रस्तुत गरेको संकल्प प्रस्ताव आज बहुमतले पारित भएको छ । प्रस्ताव पारित भइसँगै मुख्यमन्त्री केदार र्काीको म्याद आगामी वैशाख २५ गतेसम्म तोकिएको छ । उनले वैशाख २५ गतेभित्र विश्वासको मत नलिइउको खण्डमा प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रक्रिया थाल्न मार्ग प्रशस्त भएको छ ।

मुख्यमन्त्री कार्कीलाई ३० दिनभित्र विश्वासको मत लिन निर्देशन दिने र नलिए नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखलाई सन्देश दिने संकल्प प्रस्ताव प्रदेशसभाबाट शुक्रबार पारित भएको हो । प्रस्तावमाथि भएको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा मुख्यमन्त्री कार्कीले आफूले राजनीतिक जोखिम लिएकै कारण कोशी प्रदेशमा संवैधानिक संकट टरेको तर्क गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर