नयाँ सत्ता गठबन्धन छिट्टै पतन हुने कांग्रेसको दावी

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन छिट्टै पतन दावी गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, “अहिले जुन गठबन्धन बनेको छ, यो अप्राकृतिक किसिमबाट बिनेको छ । त्यहाँ एक अर्काप्रति विश्वास छैन । यो शुद्ध अवसर छोप्नका लागि बनेको गठबन्धन हो’उनले भने, ‘त्यसैले आफ्नै बोझ, अविश्वास, बिरोधाभाषको बीचमा यो गठबन्धन बनेको छ । त्यही बोझले नै यसको पतन हुन्छ । छोटै समयमा पतन हुने निश्चित छ ।”
“यसमा हामीले धेरै चलखेल गरिरहनुपर्ने आवश्यकता छैन । पतन भइसकेपछि कसरी जाने भन्नेमा हामी अलर्ट छँदैछौँ । सचेत छौँ’ उनले थपे,‘केन्द्रको गठबन्धन बनाउने बारेमा केही कुराकानी भएको छैन, प्रदेशमा भयो होला ।” उनले अहिलेको गठबन्धनलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर