एसीसी प्रिमियर कप : नेपालले युएईलाई १२० रनको लक्ष्य

काठमाडौं ।  एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनायो । नेपालका सन्दीप जोराले अर्ध शतक बनाए । गुल्शनकुमार झा २० र करण केसी १७ रन बनाएर आउट भए ।

ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भए । अर्का ओपनर आशिफ खेख ८, कप्तान रोहितकुमार पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५, सोमपाल कामी २, रन बनाएर पेभिलियन फर्किए । अभिनाश बोहरा १ र ललितनारायण राजवंशी २ रनमा अविजित रहे । यूएईका लागि जुनैद सिद्दिकी, अली नासिर र बासिल हमिदले दुई/दुई विकेट लिए भने ओमिद साफी रहमान, आयान अफजल खान र मुहम्मद फरुकले एक/एक विकेट लिए । नेपाल समूह ‘ए’ को बिजेता रुपमा सेमिफाइलमा पुगेको हो भने युएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर