सुन तोलामा ७ सयले महँगियो
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य शुक्रबार पनि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला सात सय रुपैयाँले वृद्धि भएको छ ।
प्रतितोला एक लाख ३८ हजार ६ सयमा बिहीबार कारोबार भएकामा आजका लागि भने एक लाख ३९ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । यस्तै तेजाबी सुन बिहीबार तोलामा एक लाख ३७ हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३८ हजार छ सय ५० रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ । बिहीबार प्रतितोला एक हजार सात सय २५ मा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय २० रुपैयाँ निर्धारण भएको छ ।
प्रतिक्रिया