सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौं । दोलखाबाट जन्ती लिएर जाँदै गरेको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा अन्य ५२ जना घाइते भएका छन्। रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस आज शुक्रबार बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए। दुर्घटनाका घाइतेहरूको उद्धार गरी अस्पताल पठाउन थालिएको भट्टराईले बताए। बस भीरमा खसेकाले उद्धारमा केही समस्या भएको उनले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर