इजरायलद्वारा इरानमाथि जवाफी क्षेप्यास्त्र प्रहार

काठमाडौं । इजरायलले इरानमाथि जवाफी आक्रमण स्वरूप एउटा क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् । सीबीएस न्यूजका अनुसार इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको इस्फहान प्रान्तस्थित अन्तर्राष्ट्रिय विमानस्थलनजिकै विस्फोटको आवाज सुनिएको अपुष्ट जानकारी पाएको उल्लेख गरेका छन्। इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार कैयौँ शहरमा उडान रद्द गरिएको छ। इस्फहान इरानको राजधानी तेहरानभन्दा झन्डै ३५० किलोमिटर दक्षिणमा पर्छ।

इस्फहान कैयौँ परमाणुकेन्द्र र एउटा मुख्य सैन्य आधार भएको इरानी शहर हो। सरकारी प्रसारक आइआरआइबीले “विश्वस्त स्रोत” लाई उल्लेख गर्दै त्यहाँ रहेका परमाणु केन्द्रहरू “पूर्ण रूपमा सुरक्षित रहेको” जनाएको छ। दक्षिणी सिरियामा राडार केन्द्रहरूलाई निशाना बनाएको देखिने गरी विस्फोट भएको विवरण प्राप्त भएको छ । इराकको राजधानी बग्दाद र दक्षिणको बलिल प्रान्तमासमेत विस्फोट भएको विवरण पनि प्राप्त भएको छ। (तस्बिरःसांकेतिक) 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर