मौसम : देशका पहाडी भू-भागमा आंशिक बदली रहने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा शुक्रबार आंशिक बदलीको अवस्था छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदलीकै अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा दिउँसो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदलीकै अवस्था रहने छ। राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। त्यसैगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा राति हल्का हिमपातको सम्भावना रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर