अन्ततः सोडारी नै भए सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री

काठमाडौं । नेकपा एसका दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले आज बिहीबारसोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको पत्रमा उल्लेख छ । यसअघि, आजै एमाले, माओवादीसहितको सत्ता गठबन्धनबाट सोडारीलाई मुख्यमन्त्री बनाउन दावी पेश गरिएको थियो । उक्त पार्टीका नेता माधव नेपालले आफ्ना सांसदलाई मुख्यमन्त्रीमा नियुक्ति गर्न चाहिने समर्थन गर्न एमालेले अलमल गरिरहेकाले आजै दिउँसो २ बजेसम्मको अल्टिमेटम दिएका थिए । प्रधानमन्त्री प्रचण्डको पहलमा सोडारीलाई मुख्यमन्त्री बनाउन एमालेलेलगायत अन्य सत्ता घटकहरू राजी भएपछि सूदूरपश्चिमको राजनीतिले गति लिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर