शेयर बजार ओरालो लाग्दै

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन बिहीबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १९.५६ अंकले घटेर एक हजार ९ दशमलव ७२ विन्दुमा बन्द भएको हो ।

आज २ अर्ब ९ करोड ३६ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २७ वटाको बढेको छ भने २११ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज खानीखोला हाइड्रोपावर लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको शेयर मूल्यमा सबैभन्दा बढि वृद्धि देखिएको छ । यी कम्पनीको शेयरमूल्य क्रमशः ७.९४ र ६.२१ प्रतिशतले बढेको छ ।

आज रुरु जलविद्युत परियोजना र गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ९ प्रतिशतले घटेको छ । सबैभन्दा बढि गोर्खाजकै १७ करोड ८२ लाख बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर