मोरङमा र्‍याली, भेला र प्रदर्शन गर्न रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले अर्को सूचना जारी नभएसम्मको लागि जिल्लामा सभा, सम्मेलन, र्‍याली, भेला, प्रदर्शन गर्न रोक लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहले आज बिहीबार सूचना जारी गर्दै सभा, सम्मेलन,र्‍याली, भेला, प्रदर्शन गर्न रोक लगाइएको बताए ।

जिल्ला सुरक्षा समितिमा छलफल भै शान्ति सुरक्षाको खतरालाई मध्यनजर राखेर सम्भावित मानवीय क्षति कम गर्न र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न यस्तो निर्णय लिइएको सूचनामा उल्लेख छ । अब मोरङ जिल्लाभर राजनीतिक भेला, सामाजिक भेला, धार्मिक गतिविधिलगायतका कुनै पनि कार्यक्रम गर्न नपाइने सूचनामा उल्लेख छ ।

राम नवमीको दिन हिजो विराटनगर महानगरको वडा नम्बर १५ र १७ मा दुई वटा समूहको झडप भएको थियो । अवस्था थप बिग्रन नदिन प्रशासनले आज भेला र प्रदर्शनमा रोक लगाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर