भीमा गुरुङको शव नबुझेर उनका आफन्त घर फर्के, अस्पतालले लापरवाही गरको आरोप

काठमाडौं । आठबिस नगरपालिका–५ दैलेख पिपलकोट निवासी २२ वर्षीया भीमा गुरुङको कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट शव नबुझेरै उनको परिवार घर फर्केको छ । भीमा विसं २०८० चैत २८ गतेका दिन सामान्य पेट दुखाइसम्बन्धी समस्या लिएर उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुगेकी थिइन् ।

प्रदेश अस्पतालका चिकित्सकले पेटमा तीन महिनाको सालनाल रहेकाले सामान्य सफाइ गर्नुपर्ने भनी भर्ना गरेको थियो । गत चैत २९ गते उनको शल्यक्रिया गर्नुपूर्व चिकित्सकको टोलीले ‘केस’ सामान्य भएकाले चिन्ता लिनु नपर्ने जनाउँदै शल्यक्रिया कक्षमा लिइएको परिवारका आफन्त कृष्णबहादुर गुरुङले जानकारी दिए ।

भीमको मृत्युका कारण आक्रोशित आफन्तले अस्पतालमा होहल्ला समेत गरेका थिए । सो क्रममा कर्णाली प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्कासँग छलफल हुँदा यो केश हजारौँमा एकाध मान्छेलाई हुने निकै जटिल र गम्भीर खालको समस्या भएकाले बचाउन नसकिएको जवाफ दिएको थियो । पीडित पक्षले भने केश निकै जटिल र गम्भीर खालको थियो भने शल्यक्रिया गर्नुभन्दा अगाडि बिरामीको श्रीमान् तथा घर परिवारको मान्छेलाई कुनै जानकारी नगराइएको आरोप लगाएका छन् । अस्पतालको चरम लापर्वाहीका कारण आठ महिने दूधे बालिकाको बेहाल भएको भन्दै उनीहरुले गुरुङ मृत्युको नैतिक जिम्मेवारी प्रदेश अस्पताल प्रशासनले लिनुपर्ने मृतकका श्रीमान् नवराज बलामी मगरले बताए ।

उनका अनुसार बालिकाको पालनपोषणका लागि उचित राहत, परिवारका सदस्यमध्ये एक जनालाई रोजगारी, बालिकाको पठनपाठनको सुनिश्चितता र घटनाको उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै आठ दिनसम्म शान्तिपूर्ण आन्दोलन, धर्ना र पटक–पटक वार्ता छलफल गरिएको थियो ।

आठ दिनसम्म पनि अस्पताल प्रशासनले पीडितको मागमा गाम्भीर्यता नदेखाएपछि उनीहरु शव नबुझेरै घर फर्केका छन् । यो घटनामा सरकार, कर्णाली प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, महिला सञ्जाललगायत सबै सरोकारवालालाई न्याय प्राप्तिका लागि सहयोग गरिदिन पीडित पक्षले अपिल गरेका छन् ।

अस्पतालनका निर्देशक डा खड्काले घटनामा चिकित्सकको कुनै लापर्वाही नभई केस जटिल खालको भएकोले बचाउन नसकिएको बताए । उनले भने, “यसमा परिवार र डाक्टर सबैको ठूलो प्रयास थियो । सुर्खेतका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले पीडितसँग बसेर उनीहरुको समस्या दुई÷तीन दिनमै समाधान गरिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर