नेकपा एसको राष्ट्रिय महाधिवेशन असारमा हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गते काठमाडौंमा १० औँ राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।आगामी जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन आन्तरिक तयारी अपुग भएकाले असारमा सार्न लागिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि पार्टीले दीर्घ सोडारीलाई उम्मेदवार बनाउने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालय आलोकनगरमा हिजो बुधबार सम्पन्न सचिवालय बैठकले पार्टीको सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि उम्मेदवारका रुपमा अगाडि सार्ने निर्णय गरेको हो । नयाँ गठबन्धन निर्माणका क्रममा कुनै एक प्रदेशको मुख्यमन्त्री पद एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो । (तस्बिरः फाइल)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर