दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई हरायो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले गुजरातलाई ६ विकेटले पराजति गरेको हो । गुजरातले दिएको ९० रनको लक्ष्य पछाएको दिल्लीले ८.५ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो ।

यस अघि गुजरातले १७.३ ओभरमा अल आउट हुदै केवल ८९ रन बनाएको थियो । यो यस सिजनको आइपिएलमा कुनै पनि टिमले बनाएको सबैभन्दा कम रन हो । यो जितपछि दिल्ली अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ । दिल्लीको ७ खेलमा ३ जित र ४ हारसहित ६ अंक रहेको छ । त्यसैगरी गुजरातको पनि ७ खेलमा ३ जित र ४ हारसहित ६ अंक नै छ र अंक तालिकामा सातौं स्थानमा रहेको छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर