सेतो मच्छिन्द्रनाथको पूजाअर्चना गर्नेको भीड

काठमाडौं । काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको पूजाअर्चना गर्नेहरूको भीड लागेको छ । चैत शुक्ल अष्टमी (मङ्गलबार) बाट सुरु भएको रथजात्राको रथ तानेर मङ्गलबारनै असन पुर्‍याइएको थियो ।

तीनधारा पाठशालाबाट सुरु भएको रथ जात्रालाई मङ्गलबार जमलबाट तानेर असन पुर्‍याइएको थियो । बुधबार रथलाई तानेर असन, बालकुमारी, केलटोल, इन्द्रचोक, मखनहुँदै हनुमानढोका पुर्‍याइनेछ । चैत ६ गते सो रथलाई हनुमानढोका दरबार परिसर, मरु टोल, चिकँमुगल, जैसीदेवल ज्याबहाल हुँदै लगन चोक पुर्‍याइन्छ । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन छ । पानी, सहकाल र दीर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने गरिन्छ । सेतो मच्छिन्द्रनाथलाई करुणाको खानी रूपमा पनि लिइन्छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर