राजस्थानद्वारा कोलकाता २ विकेटले पराजित

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको रोमाञ्चक खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको रोमाञ्चक खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको छ । यसअघि आरआरले २०२० मा पञ्जाबविरुद्ध २२४ रनको लक्ष्य पछ्याएको थियो ।

कोलकोतास्थित इडेन गार्डेन स्टेडियममा राजस्थानले टस जितेर बलिङ रोजेको थियो । कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २२३ रन बनाएको थियो । सुनिल नारायणले ५६ बलमा १०९ रन बनाए । राजस्थानले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर २२४ रन बनाएको थियो । जोस बटलरले ६० बलमा नटआउट १०७ रन बनाए । यो जितपछि राजस्थान रोयल्स ७ खेलमा छैटौं जितसहित अंक तालिकाको शीर्ष स्थानमा छ । राजस्थानको १२ अंक छ । अर्कोतर्फ ६ खेलमा दोस्रो पराजय बेहोरे पनि कोलकाता ८ अंकसहित दोस्रो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर