देशभर रामनवमी पर्व मनाइँदै, आज सार्वजनिक बिदा
काठमाडौं । मर्यादा पुरुषोत्तम श्रीरामको आज रामनवमी पर्व मनाइँदैछ। हिन्दू धर्मावलम्बीले श्रद्धा, भक्तिपूर्वक श्रीराम, माता जानकी, लक्ष्मण र रामभक्त हनुमानको पूजा आराधना गरेर यो पर्व मनाउने गर्छन्। रामनवमी पर्वको अवसरमा सरकारले आज देशैभरी सार्वजनिक बिदा दिएको छ। हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको हिन्दू धार्मिक ग्रन्थमा उल्लेख छ। आज श्रद्धालुजनले नदी, ताल, कुण्ड र सरोवरमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ । आज भगवान् रामचन्द्रको मठमन्दिरमा दर्शनार्थी भक्तजनको विशेष घुइँचो लाग्ने गर्दछ ।
प्रतिक्रिया