एसीसी प्रिमियर कप : नेपाल-साउदी अरबसँग खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (बुधबार) साउदी अरबसँग खेल्दैछ। ओमानको अल अमरेत क्रिकेट मैदान दुई मा हुने खेल बिहान ११ः४५ बजे सुरु हुनेछ। नेपालले आजको खेलमा जस्तो सुकै नतिजा निकालेपनि समूह विजेताको रुपमा सेमिफाइनल खेल्नेछ। नेपाल रहेको समूह ‘ए’ मा ३ खेलमा अपराजित रहेको नेपाल ६ अंकमा तालिकाको शीर्ष स्थानमा छ। ४ खेल खेलेको कतार ४ अंकसहित दोस्रो स्थानमा छ। साउदी, मलेसिया र हङकङको समान ३ खेलबाट २ अंक छ।
प्रतिक्रिया