मधेश सरकारबाट लोसपा बाहिरियो, विश्वासको संकट

(मुख्यमन्त्री सरोजकुमार यादव)

काठमाडौं । मधेस प्रदेशको राजनीतिले उलटफेर खाने भएको छ । वनमन्त्री रमेशप्रसाद कुर्मीले आज मगंलबार राजीनामा दिएपछि सरकारलाई दिइरहेको समर्थन पनि फिर्ता लिएको छ । कुर्मी लोकतान्त्रिक समाजवादी पार्टी )9सपा) बाट वनमन्त्री बनेका थिए ।
कुर्मीले मंगलबार दिउँसो मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन् । मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लिने कार्यक्रम रहे पनि जनमत पाटीको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित भएको छ। १० मिनेटका लागि बैठक स्थगित गरिए पनि हालसम्म बैठक सुरु हुन सकेको छैन।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर