साहित्यकार प्रकट पंगेनीको निधन

काठमाडौं ।  साहित्यकार प्रकट पंगेनी ‘शिव’ को निधन भएको छ । ७० वर्षको उमेरमा पंगेनीको मंगलवार दिउँसो मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हाे ।

निमोनियाका कारण स्वास्थ्यमा समस्या अस्पताल भर्ना भएका उनकाे भेन्टिलेटरमा राखेर उपचार गरिएकाे थियाे । तर, मंगलवार दिउँसो उनकाे निधन भएको हाे । पंगेनीकाे ‘जूनको चिट्ठी जुनालाई’ र ‘यो मन कतै अल्झेको छ’ नामक २ गीत संग्रह प्रकाशित छन् । यसका साथै प्रणयवेदका ऋचाहरू (गजल संग्रह) र अक्षरभरि अक्षता (कविता संग्रह) उनका प्रकाशित कृति हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर