नेपाल आफ्नो अन्तिम खेलअघि नै समूह विजेता

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत कतारले साउदी अरेबियालाई पराजित गरेको छ । मंगलबार सम्पन्न समूह ए अन्तर्गतको खेलमा कतारले साउदी अरेबियालाई १५ रनले पराजित गरेको हो । कतारले दिएको १५४ रनको लक्ष्य पछाएको साउदी अरेबियाले २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन मात्र बनाएपछि कतारले खेल १५ रनले जितेको हो । यसअघि कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन बनाएको थियो । यो जितपछि कतारको ४ खेलमा ४ अंक भएको छ र समूह ए मा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै साउदी अरेबियाको भने ३ खेलमा २ अंक रहेको छ ।

त्यस्तै समूह ए मा यो खेलपछि ३ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेको नेपाल समूह विजेता बनेको छ । नेपाल आफ्नो अन्तिम खेलअघि नै समूह विजेता बनेको हो । अब नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार साउदी अरेबियासँग खेल्दैछ । नेपालले सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्ने निश्चित भएको छ । त्यसैगरी समूह ए बाट सेमिफाइनलमा पुग्ने अर्को देश भने अन्तिम खेलबाट टुंगो लाग्नेछ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर