सुनको भाउले नयाँ कीर्तिमान कायम

काठमाडौं । आज मंगलबार सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । सोमबार प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १७ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३९ हजार २ सय पुगेको छ ।
तेजाबी सुन पनि तोलामा १७ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ ३५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर