मृतकलाई शहीद घोषणा नगरे कडा आन्दोलन गर्ने : शाह

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री रवीन्द्र प्रताप शाहले आन्दोलनको क्रममा मृतक ठाकुरप्रसाद डाँगीलाई सरकारले शहीद घोषणा नगरे कडा सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
रफत सञ्चार क्लबमा आज आयोजित अन्तरसंवाद कार्यक्रममा शाहले मृतकलाई शहीद घोषणा नगरे सरकारले चर्को मूल्य चुकाउनुपर्ने बताए । सरकारका गृहमन्त्रीले शान्तिपूर्ण रुपमा परिचालन गरिएको आन्दोलनमा जसरी दमन गरे त्यो नेपालकै इतिहासमा अक्षम्य रहेको बताउँदै शाहले भने, “आन्दोलनमा गरिएको दमन निन्दनीय रहेको छ।”

राप्रपाको वैशाख १६ र १७ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थप अन्दोलनको घोषणा गर्ने शाहले जानकारी दिए । गणतन्त्र असफल भइसकेको जिकिर गर्दैँ शाहले राष्ट्रपतिको स्थानमा राजतन्त्र नभई राजसंस्था स्थापना गर्ने राप्रपाको मूल एजेन्डा भएको पनि स्पष्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर