चेल्सीले एभर्टनलाई फराकिलो अन्तरले हरायो

काठमाडौं ।  इङ्ग्लिस प्रिमियर लिग इपिएल फुटबलमा चेल्सीले एभर्टनलाई फराकिलो अन्तरले हराएको छ । गए राति घरेलु मैदान स्टामफाेर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६ गोलले हरायाे । चेल्सीका काेले पाल्मरले चार गोल गरे । पाल्मरले खेलको १३ औँ, १८ औँ, २९ औँ र ६४ औँ मिनेटमा गोल गरे । त्यस्तै निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले १/१ गाेल गरे ।

याे जितसँगै चेल्सी तालिकाको ९ औँ स्थानमा यथावत् छ । उसको ३१ खेलमा ४७ अङ्क रहेको छ । एभर्टन ३२ खेलमा २७ अङ्कका साथ १६ औँ स्थानमा छ । प्रिमियर लिगमा ३२ खेलमा ७३ अङ्कका साथ म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर