ओली–प्रचण्ड एकलौटी ढंगले अघि बढ्न खोजे : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनबिच भएको सहमति पालना नगरेको आरोप लगाएका छन् । पार्टी कार्यालय आलोकनगरमा आज सोमबार सचिवालय सदस्यहरुसँगको छलफलमा नेपालले आफूहरु हेपिएर र पेलिएर बस्न नहुने मान्यतामा रहेको जानकारी दिए ।

केन्द्र र प्रदेश सरकार सञ्चालनमा ओली–प्रचण्ड एकलौटी ढंगले अघि बढ्न खोजेको टिप्पणी अध्यक्ष नेपालको थियो । उनले आफूहरुले कथंकदाचित चाहेको खण्डमा वर्तमान सरकार ढल्ने सक्ने सम्भावना औंल्याए । उनले एकीकृत समाजवादीलाई बागमती वा सुदूरपश्चिमको मुख्यमन्त्री दिने सहमति भएपनि ओली–प्रचण्ड सहमति कार्यान्वयनका सन्दर्भमा गम्भीर नभएको आरोप पनि लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर