आन्दोलनमा घाइते भएका राप्रपाका डाँगीको मृत्यु

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको छ ।राप्रपा बर्दिया मधुवन नगर कार्यसमिति अध्यक्ष ६५ वर्षीय डाँगीको निधन भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

डाँगी राप्रपाले गत चैत २७ गते काठमाडौंमा गरेको प्रदर्शनमा सहभागी थिए । प्रदर्शनमा सहभागी डाँगी प्रहरीले प्रहार गरेको अश्रुग्यास लागेर घाइते भएका थिए । प्रवक्ता श्रेष्ठका अनुसार, डाँगीलाई प्रहरीले हानेको अश्रुग्यास लागेपछि श्वासप्रश्वासमा समस्या देखिएपछि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको थियो । उपचारका क्रममा डाँगी सोमबार निधन भएको छ । सरकारले ४० बुँदे माग पूरा नगरेको भन्दै राप्रपाले गत चैत २७ गते भद्रकाली क्षेत्रमा प्रदर्शन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर