प्रतिनिधिसभाको हिउँदे अधिवेशन आजदेखि अन्त्य

काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आज बसेको बैठकमा चालू अधिवेशन आज आइतबार राति १२ बजेपछि स्वतः अन्त्य हुने राष्ट्रपतिको कार्यालयको पत्र पढेर सुनाए । सभामुखले बैठक बस्नुअघि कार्यव्यवस्था समितिमा भएको सर्वदलीय सहमतिअनुसार आजको बैठकमा कार्यसूचीका विषयहरू (मन्त्रीहरूले विधेयक पेश गर्ने) हटाइएको जानकारी दिए । उनले प्रतिनिधिुभाको अधिवेशनको अवधिमा भएगरेका कामको विरण सुनाएर उल्लेख गर्दैगर्दा प्रतिपक्षी दलका सांसदहरूले विरोध गर्ने चेष्ठा गर्दा सभामुख घिमिरेले भने, “माननीय सरदस्यहरू, कार्यव्यवस्था समितिमा एक किसिमको समझदारी कायम गर्ने अनि यहाँ आएर अर्कै कार्य गर्ने कस्तो यस्तो गतिविधि हो ? यस्तो गतिविधिले हामी कस्तो ? परिपाटीको विकास वा बसाल्न जाँदैछौं ?” त्यसपछि प्रतिपक्षी दलहरूको विरोधको व्यवहार बैठकमा देखिएन र सभामुखले बैठक स्थगित भएको घोषणा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर