इरानी आक्रमणपछि बाइडेनले भने, “हाम्रो प्रतिबद्धता फलाम जत्तिकै मजबुत”

काठमाडौं । इरानले गए राति इजरायलमाथि सयौं ड्रोन र मिसाइल आक्रमण गरेपछि एक आपत्कालीन बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलप्रति अमेरिकाको समर्थन ‘फलाम जत्तिकै मजबुत रहेको’ बताएका छन्। सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘भर्खरै मैले मेरो राष्ट्रिय सुरक्षा टीमसँग भेटेर इजरायलविरुद्ध इरानी आक्रमणको पछिल्लो अवस्थाबारे जानकारी लिएँ। इरान र उसका मित्रहरूबाट इजरायलको सुरक्षामा हुने हरेक खतराविरुद्ध हाम्रो प्रतिबद्धता फलाम जत्तिकै मजबुत छ।’

क्यानडा र बेलायतले पनि इरानी हमलाको विरोध जनाएका छन् भने इरानस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गर्दै त्यहाँ रहेका आफ्ना नागरिकलाई नजिकबाट अवस्थाको निरीक्षण गर्न आग्रह गरेको छ। इजरायलले इरानव् आक्रमणको अहिलेसम्म जवाफी हमला गरेको छैन् । इजरायलले जवाफी हमला गरेको खण्डमा विश्व तेस्रो युद्धमा जाने निश्चित भएको भूराजनीतिक विश्लेषकहरूको मत रहेको छ । इजरायलले पनि ढिलोचाँडो प्रत्युत्तर दिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर