इरानद्वारा इजरायलमाथि सयौं ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव बढ्दै

काठमाडौं । इरानले इजरायलमा दुई सयभन्दा बढी ड्रोन आक्रमण गरेको छ । मिसाइलमार्फत् आक्रमण गरेको इजरायल डिफेन्स फोर्स (आइडिएफ) का प्रवक्ता एडमिरल डेनियल हगारीले बताएका छन् ।

इरानले स्थानीय समयअनुसार गएराति १ः४५ बजेदेखि आक्रमण सुरु गरेको थियो । आक्रमण सुरु गरेदेखि नै इजरायलमा तनावको स्थिति छ । आक्रमणबाट इजरायलका केही सैन्य क्याम्पमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको टाइम्स अफ इजरायलले जनाएको छ । १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गरेको थियो । घटनामा सैन्य कमाण्डरसहित सात जनाको मृत्यु भएको थियो ।
त्यसको बदलामा इरानले इजरायलमाथि आक्रमण गर्ने धम्की दिँदै आएको इरानले जबाफी आक्रमण गरेको हो ।
इरानले प्रहार गरेका केही ड्रोनलाई इजरायलले र केहीलाई अमेरिकी सेनाले निनिष्क्रय पारेका छन् । यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले आक्रमणको निन्दा गर्दै दुवै देशलाई शत्रुता अन्त्य गर्न अपिल गरेका छन् ।

खाडीमा इरानी गार्डद्वारा इजरेली जहाज कब्जा

इरानको रिभोल्युसनरी गार्डले शनिबार ‘खाडीमा यहुदी शासन (इजरायल सँग सम्बन्धित) एउटा कन्टेनर जहाजलाई नियन्त्रणमा लिएको राज्य मिडियाले बताएको छ । आइआरएनए राज्य समाचार समितिले भनेको छ, “‘एमसिएस एराइज’ नामक कन्टेनर जहाजलाई सेपाह (गार्डहरू) नौसेनाको विशेष बलले हेलिबोर्न अपरेसनमार्फत नियन्त्रणमा लिएको छ ।” उक्त अपरेसन विश्व व्यापारका लागि महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ नजिकै भएको हो । उक्त जहाजलाई अहिले इरानको क्षेत्रीय जलतर्फ निर्देशित गरिएको छ ।

‘क्षेत्रीय अधिकारीरू’ ले संयुक्त अरब इमिरेट्सको तटबाट एउटा जहाजलाई नियन्त्रणमा लिएको दुई सामुद्रिक सुरक्षा एजेन्सीले बताएपछि इरानको उक्त भनाइ आएको हो । रोयल नेभीको युनाइटेड किङडम सामुद्रिक व्यापार अपरेसन एजेन्सीले थप विवरण नदिई भनेको छ, “जहाजलाई क्षेत्रीय अधिकारीहरूले फुजैराहको तटबाट नियन्त्रणमा लिएको सूचना प्राप्त भएको छ ।”

कम्तीमा तीन व्यक्ति एउटा हेलिकप्टरबाट कन्टेनर जहाजतिर द्रुत गतिमा दौडिरहेको स्थिर फुटेजमा देखिएको सुरक्षा फर्म एम्ब्रेले बताएको छ । “इरानको रिभोल्युसनरी गार्डले पहिला पनि स्ट्रेट अफ हर्मुजमा जहाजहरूलाई नियन्त्रणमा लिने बेलामा बोर्डिङको यो पद्धतिलाई प्रयोग गरेको थियो ।”

भेसल ट्र्याकिङ वेबसाइट भेसलफाइन्डर डट कम र मेरिनट्राफिक डट कमका अनुसार एमसिएस एराइज पोर्चुगाली ध्वजा भएको कन्टेनर जहाज हो । दुवै साइटले खाडीमा यसको अन्तिम रिपोर्ट गरिएको अवस्था बताएका छन् । करिब दुई साताअघि सिरियामा आफ्नो दमास्कस दूतावासको कन्सुलर खण्डमा घातक हमलाका लागि इरानले प्रतिशोध लिने वाचा गरेपछि अमेरिकाले शुक्रबार मध्यपूर्व क्षेत्रमा सैन्य सुदृढीकरण पठाउने बताएको थियो ।

सुरक्षा परिषद्को आपत्‌कालीन बैठक बस्दै

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्व (पश्चिमएशिया)मा तुरन्त शान्ति कायम गर्न आग्रह गरेका छन्। ‘इजरायलमा इरानबाट भएको ठूलो मात्राको आक्रमणबाट सिर्जित गम्भीर तनावप्रति म घोर आपत्ति जनाउँछु’, उनले वक्तव्य जारी गर्दै भनेका छन्, ‘मैले बारम्बार जोड दिएको छु, न त त्यो क्षेत्र, न विश्व नै अर्को युद्ध थेग्ने अवस्थामा छ।’

इजरायलमा इरानको आक्रमणको विषयबारे आजै (वैशाख २) संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आपत्‌कालीन बैठक बस्दै छ। पालैपालो अध्यक्षता हुने उक्त बैठकको यस पटको अध्यक्ष संयुक्त राष्ट्र संघका लागि माल्टाको मिसनले उक्त बैठकबारे जानकारी गराएको हो। संयुक्त राष्ट्र संघका लागि इजरायली राजदूतले एक पत्र लेखेर उक्त बैठकका लागि अनुरोध गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर