रौतहटमा स्रोत नखुलेको ११ लाख नोटसहित एकजना पक्राउ

काठमाडौं । रौतहटमा  स्रोत नखुलेको ११ लाख नोटसहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले विशेष सुचनाको आधारमा खटिएका, रौतहटका गौर नगरपालिका वडा नं. १ शिवालय मन्दिरअगाडी सार्वजनिक शिवालय मन्दिरतर्फ साइकल चलाउँदै गरेको अवस्थामा साविक गौर नगरपालिका वडा नं. २ हाल गौर नगरपालिका वडा नं. १ का ५६ वर्षीय वीरेन्द्रकुमार जयसवालबाट साे रकम फेला परेकाे हाे ।
उक्त रकम बारे सोधपुछ गर्दा स्रोत खुलाउन नसकेकोले नोटसमेत बरामद गरी आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाइएको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर