सिड्नीको सपिङ मलमा छुरा प्रहार

काठमाडौं ।  अष्ट्रेलियाको सिड्नीको एउटा सपिङ मलमा छुरा प्रहार गरी कैयौं मानिसलाई आक्रमण गर्ने एक व्यक्तिलाई प्रहरीले गाेली हानेकाे छ। स्थानीय मिडियाले पनि वेस्टफिल्ड मलभित्र गोली चलेको दाबी गरेका छन्। बिबिसीका अनुसार उक्त व्यक्तिले ठूलाे चक्कुकाे सहायताले थुप्रै व्यक्तिहरूलाई आक्रमण गरेका थिए।

आक्रमण भएसँगै मलकाे भीड तितरबितर भएकाे थियाे। अस्ट्रेलियन सञ्चारमाध्यमका अनुसार आक्रमणमा थुप्रै व्यक्ति हताहत भएकाे बताएकाे छ। यद्यपि संख्या भने किटान गरिएकाे छैन। स्थानीय समयअनुसार अपरान्ह ४ बजेतिर आक्रमणकारीलाई प्रहरीले गाेली हानेकाे थियाे। प्रहरीले आक्रमणपश्चात् अस्वाभाविक अवस्था सिर्जना भएकाे बताएकाे छ। अहिले उक्त मल पूर्णरूपमा खाली गराइएकाे छ भने एम्बुलेन्स र ठूलाे संख्यामा प्रहरी तैनाथ गरिएकाे छ। साथै प्रहरीले घटनास्थलबाट टाढा रहन सबैलाई अनुराेध गरेकाे छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर