इजरायलमाथि आक्रमण नगर्न अमेरिकाको चेतावनी

काठमाडौं । इरानले इजरायलमाथि आक्रमणको तयारी गरिरहेको खबरहरु सार्वजनिक भएको छ । अमेरिकी सेनाले प्राप्त गरेको सूचनाअनुसार इजरायलमाथि शक्तिशाली आक्रमणको अन्तिम तयारीमा इरान जुटेको खबर बाहिरिएको हो । इरान १०० भन्दा बढी शक्तिशाली ड्रोन र दर्जनौँ मिसाइलमार्फत् एकैपटक इजरायलमाथि आक्रमणको योजनामा रहेको अमेरिकाको दाबी छ ।

इरान आगामी ४८ घण्टाभित्रै इजरायलमाथि शक्तिशाली आक्रमणको तयारीमा जुटेको अमेरिकी समाचार संस्था सीबीएसले जनाएको छ । १२ दिनअघि सीरियाको राजधानी दमास्कसमा इजरायली आक्रमणमा आफ्ना सैन्य अधिकारी मारिएको घटनाको बदला लिने तयारीमा इरान पुगेको हो । इरानी सर्वोच्च नेता अलि खमेनीले केही दिन अघि रमादानको अवसरमा आफ्ना सैन्य अधिकारीको ज्यान लिने इजरायललाई दण्ड दिएरै छाड्ने वाचा गरेका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि आक्रमण नगर्न इरानलाई चेतावनी दिएका छन् । बाइडेनले इजरायलमाथि आक्रमण गरे अमेरिका इजरायलको प्रतिरक्षामा उत्रिने भन्दै इरानलाई सचेत गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर