डोल्पामा आगलागीमा परेका तीनैजना बालबालिकाको मृत्यु

काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ मा पर्ने सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनैजना बालबालिकाको मृत्यु भएको छ । गत बिहिवार आगलागीमा परेका तीनैजना बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए ।
उपचारको क्रममा जिल्ला अस्पताल डोल्पामा १० वर्षीय सुलस बुढाको र १२ वर्षीय विवस बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौंमा उचारकाको क्रममा मृत्यु भएको हो ।
गाउँ नजिकै रहेको वनमा गुच्ची च्याउ टिप्न गएको बेला तीनै बालबालिका आगलागीमा परेर गम्भीर घाइते भएको थिए । आगलागीबाट बचाउन धेरै प्रयास गरिएकोमा तीनै बालबालिकाको मृत्यु भएपछि सिंगो गाउँनै शोकमा डुबेको वडा नं ४ का वडाध्यक्ष रञ्जित बुढाले बताए । मृत्यु हुनेमा एकै घरका दुई बालबालिकाको रहेका छन् ।
त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारकोलागि हेलिकप्टरको व्यवस्था गरेर काठमाण्डौ पुर्याइएको थियो । डोल्पामै गत मंगलबार ठुलीभेरी नगरपालिका ४ मा पर्ने मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर