दिल्ली क्यापिटल्सद्वारा लखनउ सुपर जाइन्ट्स पराजित

काठमाडौं । आइपिएल क्रिकेटमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्ट्सलाई ६ विकेटले पराजित गरेको छ । लखनउले दिएको १६८ रनको लक्ष्य पच्छ्याएको दिल्लीले १८ दबलमव १ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

दिल्लीको जितमा जाक फ्रासर म्याकग्रुकले सर्बाधिक ५५ रन बनाएका थिए भने कप्तान ऋषव पन्तले ४१ तथा पृथ्वी शाले ३२ रन बनाएका थिए । लखनउका बलर रवि विश्नोईले २ विकेट लिए । त्यअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले आयुष बदानीको ५५ र कप्तान केएल राहुलको ३९ रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाउदै १६७ रन बनाएको थियो । दिल्लीको यस सिजनमा यो दोस्रो जित हो । प्रतियोगितामा आज राजस्थान रोयल्स र पञ्जाव किङ्स भिड्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर