भक्तपुरमा ठड्याइयो बिस्का: जात्राको योसिँ अर्थात् लिङ्गो

काठमाडौं । भक्तपुरको ऐतिहासिक बिस्का जात्राअन्तर्गत आज शुक्रबार परम्परागत रूपमा योसिँ अर्थात् लिंगो उभ्याइएको छ । प्रत्येक वर्षको चैत्र मसान्तमा उभ्याइने र नयाँ वर्षको पहिलो दिनको पहिलो साँझ ढाल्ने लिंगो जात्रालाई नेपालको अद्वितीय संस्कृतिको रूपमा गणना गरिन्छ । यस पटक भक्तपुरमा निर्विघ्ननपूर्वक लिंगो ठड्याइएको छ । निर्विघ्नपूर्वक लिंगो उभ्याउन सकेमा आगामी साल अनिष्ट खेप्न नपर्ने स्थानीृय बुढापाकाहरूको मत रहेको छ । लिंगो उभ्याउने जात्रामा हजारौं जनताको सहभाागिता रहेको थियो । भक्तपुरमा लिंगो उभ्याइएसँगै स्थानीय देवदेवीको टिप्वा जात्रा अर्थात् टोले जात्रा पनि सुरु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर