माइतीघरदेखि बानेश्वरसम्मको निषेधाज्ञा हटाइयो

काठमाडौं ।  गृहमन्त्री रवि लामिछानेले काठमाडौं महानगरपालिकाको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र हटाइएको जनाएका छन्। शुक्रबार आफ्नो ट्विटरमा जिल्ला प्रशासन कार्यालयको विज्ञप्ति राख्दै उनले यसबारे जानकारी दिएका हुन्। उनले नयाँ वर्षसँगै तीन सुरूआत भन्दै माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र हटाइएको बताएका छन्।

प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माद्वारा जारी उक्त विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३ क) बमोजिम मिति २०८०/११/०४ मा २ (दुई) महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गर्ने गरी काठमाडौं जिल्लाका विभिन्न स्थानलाई तोकेर निषेध आदेश जारी भएकोमा हाललाई सुरक्षा चुनौती विश्लेषण समेतका आधारमा जिल्ला सुरक्षा समिति, काठमाडौंको मिति २०८० / १२ / ३० को सिफारिस अनुसार माइतीघर मण्डलदेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रलाई मिति २०८१/०१/०१ देखि उक्त निषेध आदेश कायम नरहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर