“युवा जनशक्ति पलायन राष्ट्रको उत्थानका निम्ति गम्भीर”

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको इतिहासमा विधि, व्यवस्था, शब्द र रुप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन नसकेको बताएका छन् ।

नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले नेपालको हालसालको इतिहासमा विधि, व्यवस्था, शब्द र रूप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन नसकेको उल्लेख गरिएको छ ।

उनले आम नेपालीको चिन्ता यही विषयमा भएको समेत सन्देशमा उल्लेख गरेका छन् । उनले सन्देशमा भनेका छन्, ‘न देशको गौरव गरिमा बढेको छ, न त देशवासीको सुख समृद्धिमा समयबद्ध सुधार आएको छ । जान्ने बुझ्ने बुढापाकाहरु अतितलाई सम्झेर दिक्दारीमा देखिन्छन् त नयाँ युवा पुस्ता देशमा आफ्ना सुनौलो भविष्य नदेखेर भौँतारिएका छन् ।’

पूर्वराजा शाहले बौद्धिक समाज उदासिन हुँदै जानु र होनहार युवाशक्ति विदेश पलायन हुँदै जानुले देशको उत्थानका निम्ति गम्भीर जोखिमपूर्ण विषय भएको समेत उल्लेख गरेका छन् ।  उनले सन्देशमा भनेका छन्, ‘देशको बौद्धिक समाज उदासिन हुँदै जानु र होनहार युवा जनशक्ति पलायन हुँदै जानु राष्ट्रको उत्थानका निम्ति गम्भीर जोखिमपूर्ण विषय हो । शिक्षा, स्वास्थ्य, इलम, उत्पादन, लगानी, व्यापार, व्यवसाय र रोजगारीको व्यवस्था खस्किदै जानु आजको विडम्बना हो ।’

पूर्वराजाको सन्देशमा उन्नत राजनीतिक विधि विधानले उच्चतम उपलब्धि र आशा जगाउन सक्नुपर्नेमा जोड दिइएको छ । र भनिएको छ, ‘जनतामा उत्साह पैदा गर्न सक्नुपर्दछ तर हामी कहाँ दायाँ बायाँ जता पनि लाग्ने, निश्चित गन्तव्इ र गतिमा अडान राख्न नसक्ने अस्थिर अवस्थाले आफ्नै आशा आकांक्षा र भरोसा खल्बलिँदै गएको छ । यस्तो हुनु राष्ट्रिय चिन्ताको कुरा हो । त्यसैले अब त्यो सबै कुराको पुनरावलोकन गरौँ । गम्भीर भएर सोचौँ । सबै मिलौँ । कसैले कसैलाई निषेध नगरौँ र सही चिन्तनको माध्यमबाट निष्कर्षमा पुगौँ ।’

सन्देशमा ‘मान्छे मानवीय समाज, विविध वर्ग र समुदाय आकार प्रकार शिल स्वभावका आधारमा फरक–फरक भए पनि –राष्ट्रका साझा सिद्धान्त तथा राष्ट्रलाई उठाउने मूल राष्ट्रिय नीतिमा साझा धारणा र दृष्टिकोण बन्नुपर्छ – स्थिरता, स्थायित्व र निरन्तरता त्यसमा रहनु पर्छ । आफ्नो प्रकृति, परिवेश, मान्यता र स्थायी स्थिर संस्थाका प्रति हाम्रो ध्यान केन्द्रित हुनुपर्छ भन्ने धारणा पनि नेपाली जनमतमा बढ्दै गएको हाम्रो अनुभव छ । देशको माया गर्ने र देशवासीको भलो चाहने सबै मिलेर यो सोच र समझदारी बनाउनका निम्ति हामीलाई नयाँ वर्षले प्रेरणा प्रदान गरोस् ।’ व


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर