लुम्बिनीका मुख्यमन्त्री महरालाई विश्वासको मत प्राप्त

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गरेका छन् । लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको दोस्रो बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत पाएका हुन् । प्रदेशसभामा उपस्थित ८६ प्रदेशसभा सदस्यमध्ये उनको पक्षमा ४८ मत परेको छ ।

मुख्यमन्त्री महरालाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, जनता समाजवादी पार्टीका ३, नागरिक उन्मुक्ति पार्टीका ४ र एकीकृत समाजवादीका १ र स्वतन्त्र प्रदेशसभा सदस्य १ गरी जम्मा ४८ प्रदेशसभा सदस्यको बहुमत पाए । प्रदेशसभामा सभामुख तुलाराम घर्तीमगरले ८६ प्रदेशसभा सदस्यमध्ये मुख्यमन्त्रीको पक्षमा ४८ मत परेको जानकारी दिए । मुख्यमन्त्री महराको विपक्षमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टीसहित २८ प्रदेशसभा सदस्यले विपक्षमा मतदान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर