काभ्रेको एक घरमा विस्फोटक पदार्थ फेला

काठमाडौं ।  काभ्रेको एक घरमा अज्ञात समूहले घरको मूल ढोकामा विस्फोटक पदार्थ राखिदिएको छ । काभ्रेको रोशी गाउँपालिका-५ सिपालीस्थित ठकुरानी तामाङको घरको ढोकामा सकेट बम जस्तो देखिने विस्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

तामाङको घरको ढोकामा बम राख्नुका साथै बोधिचित्तको रूख काटिदिएको छ। घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । अपरिचित समूह आइ स्थानीयको घरमा बम राखी  फरार भएका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर