बाजुरामा भूकम्पको धक्का महसुस

काठमाडौं । बाजुरामा गए राति भूकम्पको धक्का महसुस गरिएको छ । बूढीगङ्गा नगरपालिकाको बाह्रबिसेवरपर केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । केन्द्रका अनुसार गए राति ३ः५३ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको छ । गत वर्ष माघ १० गते जिल्लाको स्वामिकार्तिक गाउँपालिकाको मेलामा केन्द्रबिन्दु भएर ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प गएको थियो ।

त्यसैगरी गत वर्षको वैशाख १५ गते गौमुलको दहकोटमा केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको थियो । गत वर्ष माघ गएको भूकम्पले जिल्लाको पूर्व उत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिका वडा नं २ कोट, कोटीका ,रुम्दी, नाटी खोला लगायत टोलमा २३ वटा घर भत्काएको थियो । त्यसैगरी गत वर्षको वैशाख १५ गते गएको भूकम्पले गौमुल हिमाली बडिमालिका बूढीगङ्गा खप्तड छेडेदहलगायतका गाउँपालिका गत माघ १० गते गएको भूकम्पका कारण १०४ पूर्ण ५०९ आंशिक र ४६३ वटा घरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर