नयाँ वर्ष २०८१ देखि ठमेल र दरबारमार्ग क्षेत्र २४ सैं घण्टा खुला रहने

काठमाडौं । नयाँ वर्ष २०८१ देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सैं घण्टा खुला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् । ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले काठमाडौंमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा ठमेल र दरबारमार्ग क्षेत्र २४ सैं घण्टा सञ्चालन हुने घोषणा गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिताबमोजिम कानुनको परिधिभित्र रहेर दरबारमार्ग र ठमेलमा २४ सैं घण्टा व्यवसाय सञ्चालन हुने भएको छ । गराउने जनाएका छन् । तर ठमेल भगवान् बहाल क्षेत्रभित्रका व्यवसायीले भने २४ घण्टा व्यवसाय सञ्चालन गर्न पाउने छैनन् । त्यहाँ स्थानीयको बसोबास भएकाले १० देखि ६ बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्न सकिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर