हमास नेता इस्माइलका तीन छोराहरू इजरायली आक्रमणमा मारिए

काठमाडौं । हमासका नेता इस्माइल हनियाहका तीन छोराहरू गाजामा बुधबार भएको इजरायली हवाई आक्रमणमा मारिएका छन् ।
प्यालेस्टिनी इस्लामवादी समूह र हानियाहको परिवारले नेता इस्माइलका तीन छोरा दुई नाति मारिएको पुष्टि गरे । हमासले गाजाको अल–शाती शिविरमा आफूले चलाएको कारमा भएको बम आक्रमणमा उनका तीन छोरा हाजेम, अमिर र मोहम्मद मारिएको बताएको छ ।

हमासका सञ्चारमाध्यमले हनियाहका दुई नातिनातिना पनि आक्रमणमा मारिएको र एकजना घाइते भएको बताएको छ । इस्माइलका छोराहरू नातेदारहरू भेट्न जाँदै थिए । नेता इस्माइलले ईदको एक दिन अगाडि गरिएको निर्देशित हत्याको बदला लिने र यस्ता पारिवारिक सदस्यलाई मार्ने निन्दनीय कार्यले हमासको युद्ध नरोकिने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर