इजरायल-इरानबिच तनाव, एकअर्काविरुद्ध हमला गर्ने धम्की

काठमाडौं । इजराइलका विदेशमन्त्रीले इरानले इजराइलविरुद्ध आक्रमण गरे आफ्नो सेनाले सिधै इरानमाथि आक्रमण गर्ने बताएका छन् । सिरियामा इरानको वाणिज्य दूतावासमा भएको विस्फोटमा इरानका जनरलहरूको मृत्यु भएपछि दुवै प्रतिद्वन्द्वी शक्तिबीच तनाव बढेको छ ।
विदेशमन्त्री इजराइल काट्जले फारसी र हिब्रू दुवै भाषामा सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको ुसन्देशमा उक्त कुरा बताएका हुन् ।
सन्देशमा भनिएको छ, “यदि इरानले हाम्रो क्षेत्रमा हमला गर्‍यो भने इजराइलले जवाफ दिनेछ र इरानमाथि आक्रमण गर्नेछ ।” इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीले यसै महिनाको प्रारम्भमा दमास्कसमा आफ्नो वाणिज्य दूतावासमा भएको हमलामा इजराइलविरुद्ध जवाफी कारवाही गर्ने वाचा दोहोर्‍याएपछि विदेशमन्त्रीको उक्त टिप्पणी आएको हो ।
इरानले १२ जनाको मृत्यु हुनेगरी वाणिज्य दूतावासको भवन ध्वस्त पार्ने हमलाका लागि इजराइललाई दोष दिएको छ । इजराइलले आफ्नो संलग्नतालाई अस्वीकार गरेको छ । यद्यपि इजराइलले आक्रमणका लागि इरानी प्रतिक्रियाको तयारी गरिरहेको छ ।
खमेनीले मुसलमानहरूको पवित्र महिना रमजानको अन्त्यको उत्सव मनाउने प्रार्थना समारोहमा हवाई हमला ‘गलत’ थियो भन्दै यो इरानी क्षेत्रमा हमला गरिएको जस्तै भएको बताए । इरानी राज्य टिभीमा प्रसारित टिप्पणीमा उनले भने, “उनीहरूले हाम्रो वाणिज्य दूतावास क्षेत्रमा हमला गर्दा हाम्रै क्षेत्रमा हमला गरेको जस्तो भएको छ, दुष्ट शासनलाई दण्डित गरिनुपर्छ र उसलाई दण्डित गरिने छ ।”
अप्रिल १ मा भएको विस्फोटमा मारिएका १२ जनामा सात इरानी रिभोल्युसनरी गार्डका सदस्य, चार सिरियाली र एक हिज्बुल्लाह मिलिसिया सदस्य थिए ।
खमेनीले गाजामा हमासविरुद्धको युद्धमा इजराइलको समर्थन गरेकामा पश्चिम विशेषगरी अमेरिका र बेलायतको पनि आलोचना गर्नुभयो । “उनीहरूले यो प्रकोपमा इजराइललाई रोक्नेछन् भन्ने अपेक्षा गरिएको थियो, उनीहरूले त्यसो गरेनन्, पश्चिमी सरकारहरूले आफ्नो कर्तव्य पूरा गरेनन्”, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर