पीएसजी बार्सिलोनासँग ३-२ गोलले पराजित

काठमाडौं ।  युईएफए च्याम्पियन्स लिगको पहिलो लेगको क्वार्टरफाइनलमा बार्सिलोनाले पीएसजीलाई हराउँदा एट्लेटिको मड्रिडले डर्टमन्डलाई पराजित गरेको छ। बुधबार राति भएको खेलमा पीएसजी बार्सिलोनासँग ३-२ गोल अन्तरले पराजित भयो। बार्सिलोनाका लागि खेलको ३७औं र ६२औं मिनेटमा रापहिन्हाले दुई गोल गर्दा एन्डे्रस क्रिस्टेन्सेनले ७७औं मिनेटमा गोल गरे। पीएसजीका लागि खेलको ४८औं मिनेटमा ओसमान डेम्बेले र ५०औं मिनेटमा भिटिन्हाले गोल गरे।

उता हिजो राति नै भएको अर्को क्वार्टरफाइनल खेलमा एट्लेटिको मड्रिडले डर्टमन्डलाई २-१ गोलले पराजित गर्यो। मड्रिडका लागि खेलको चौथो मिनेटमा रोड्रिगो डी पलले गोल गर्दा ३२औं मिनेटमा स्यामुअल लिनोले अर्को गोल थपे। पहिलो हाफमा २-० ले अगाडि रहेको एट्लेटिकोमाथि खेलको ८१औं मिनेटमा डर्टमन्डका सेबास्टेन हल्लरले सान्त्वना गोल थपे। अब च्याम्पियन्स लिगको दोस्रो लेग चरणको खेल आगामी बुधबारदेखि हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर