नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलको शपथ ग्रहण

काठमाडौं । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री कँडेलले आज शपथ ग्रहण गरेका हुन् । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री कँडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । उनी नेकपा एमालेसहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको समर्थनमा मङ्गलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री कँडेलले आजै पदबहाली गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर