ईदको अवसरमा भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि ईदको अवसरमा सार्वजनिक बिदाको घोषणा गरेको छ ।

इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र )ईद) को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । हिजरी संवत्को रमदान महिनाभर रोजा व्रत बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । ईद पर्वमा अल्लाहका नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर